यस कारण सर्यो हर्षिकाको ‘मेरी कुसुम’

फिल्मी फण्डा । हर्षिका श्रेष्ठ अभिनित चलचित्र मेरी कुसुमको फेरी प्रदर्शन मिती सरेको छ । यस अघि जेष्ठ २६ गतेलाई रिलिज डेट तोकीएता पनि प्राविधिक कारण देखाएर प्रदर्शन मिती सारेर असार लक्षित गरेको थियो । अब असार सकिन्न लाग्दा पनि चलचित्र प्रदर्शन भने भएन अर्थात चलचित्रले असार बाट पनि चलचित्रलाई सारेर साउन ६ गते प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिईएको छ ।
विदेशका केही ठाउँमा च्यारीती गरिसकेको फिल्म मेरी कुसुम नेपालमा प्रदर्शन लगातार सर्नुको कारण प्राविधिक नभई ठूला फिल्महरुको मारमा पर्नु हो । लगातार ठूला फिल्महरुको बिचमा परेको कारण चलचित्र प्रदर्शन गर्न नसकेको निर्माण टिमका एकले जानकारी गराएका हुन् ।
ठूला ब्यानरका चलचित्रको चपेटामा साना ब्यानरका चलचित्र प्रदर्शन गर्दा एकातिर दर्शकको रोजाईमा नपर्ने र अर्कातिर हल कम पाउने सिने नगरीको प्रमूख कारक हुन् जसको समस्या मेरी कुसुमले पनि जेल्नु प¥यो । अब मेरी कुसुम साउन ६ गते अर्को चलचित्र डा. खाते सँग भिड्ने भएका हुन् । साउन ६ गतेबाट पर नसर्ने फिल्मका कलाकार तथा निर्माता मोहन बोगटीले जानकारी दिए । साउन ५ गते रिलीज होला नहोला त्यो साउन ५ गते निक्र्यौल हुनेछ । फिल्मको लेखन तथा निर्देशन एन.आर घिमिरेले गरेका हुन् । सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस