हाती चढेर प्रमोसनमा पल र पुजा (भिडियो)

फिल्मी फण्डा । चलचित्र म यस्तो गीत गाउँछु को प्रदर्शन मिती नजिकिदै गर्दा प्रचार प्रचार पनि फरक दंगले हुने गरेको छ । चलचित्रका टिमले चितवनमा फरक प्रचारशैली अपनाएका हुन् । उनीहरुले चितवनमा हात्ति चदेर बजार परिक्रमा गरी चलचित्रको प्रचार प्रसार गरेका हुन् ।
चितवनको सौराहाबाट २ घण्टा बढी हिंडेर आएको युनाईटेडकली नामको हात्तीमा बसेर कलाकारहरु पल शाह, पुजा शर्मा र सरोज खनाल नारायणगढ बजार घुमेका थिए । नारायणगढ बजारमा हात्तीमा चढेर उनीहरुले दर्शकलाई हात हल्लाउँदै फिल्म हेर्न आग्रह गरेका थिए । नारायणगढको पुल्चोक पुग्ने वित्तीकै दर्के पानी परेपनि परबाह नै नगरी प्रचार अभियानलाई तिब्रता दिए । ‘चितवनको चर्कोगर्मीमा पानीले झन् मजा बनायो’, कलाकार सरोज खनालले अनुभव सुनाए ।
नरायणगढको पुल्चोबाट शुरु भएको यात्रा शहिरचोक, लायन्स चोक हुँदै पुन पुलचोकमा आएर टुंगिएको थियो उनीहरुको अघिपछि झुम्मिएका दर्शकले हात्तीमाथि कलाकार देख्दा खुबै मनोरञ्जन लिए । कसैले सेल्फी खिचे भने कसैले हात हल्लाएर अभिवादन गरे । घरको तीनतला माथि हुनेहरुले पल, पल भन्दै हुटिंङ्ग गरेका थिए ।
दर्शकको दवाव आएपछि उनीहरुले हात्तीमाथि बसेर सबैलाई असार ३० बाट प्रदर्शनमा आउन लागेक चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेरिदिन आग्रह समेत गरे ।
सुदर्शन थापाले निर्देशन गरेको उक्त चलचित्र स्वयं थापा र नायिका पुजा शर्माले निर्माण गरेका हुन् । उक्त फिल्ममा पल, पुजा र सरोज खनाल सहित रुपा राना, मोहन निरौला,राजाराम पौडेल, शिशिर रानाको अभिनय छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस