नायिका श्वेता खड्का लिम्बु पहिरनमा

फिल्मी फण्डा । नायिका तथा निर्मात्री श्वेता खड्कालाई लिम्बु पहिरनमा देखिएकी छिन् । लिम्बु पहिरनमा उनले केही तस्विरहरु सार्वजनिक गरेकी छिन् । श्वेताको यो लिम्बुनी स्वरुप चलचित्रको लागि भने होइन् । बुम रेमिटको लागि श्वेताले यस्तो फोटोसुट गराएकी हुन् । बुम रेमिटकी श्वेता ब्रान्ड एम्बेसडर हुन् ।
धेरै समयदेखी चलचित्र क्षेत्रमा क्रियाशिल नदेखिएकी उनी पछिल्लो समय सामाजिक कार्यमा व्यस्त भएकी छिन् । सामाजिक क्षेत्रसँगै उनले छिटै चलचित्र कान्छी निर्माण गर्दै छिन् । जसमा दयाहाङ राई उनको मूख्य भुमिका रहनेछ भने फिल्मलाई आकाश अधिकारीले निर्देशन गर्ने पक्का भईसकेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस