फिल्मी पत्रकारसंग सिपोराको ‘मैत्रीपूर्ण खेल’

फिल्मी फण्डा । आईतवार राजधानीमा चलचित्र पत्रकारहरु र फिल्म भुईमान्छे टिम बिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । फिल्म भुईमान्छेको आयोजनामा जावलाखेलको ग्राउण्डमा मैत्रीपूर्ण भलिभल खेल सम्पन्न भएको हो । भलिवलकै पुर्व राष्ट्रिय खेलाडी समेत रहेकी सिपोरा गुरुङको अभिनय रहेको यस फिल्मको रिलिज नजिकिनै लाग्दा सम्पन्न भएको मैत्रीपूर्ण खेलमा ‘भुइँ मान्छे’ युनिटले जिते हात पारेको छ ।
फिल्मको प्रमोशनका लनगि आयोजना गरिएको पत्रकारसँगको मैत्रीपूर्ण खेलमा वेष्ट अफ ५ मध्ये चार खेल भएको थियो । जसमा पत्रकार समूहले एक खेल र फिल्म भुईमान्छे समूहले ३ खेल जितेका हुन् । बेस्ट अफ ५ मा तिन खेलमा १०–२५ , १८–२५ र २३–२५ अंक ल्याउदै सिपोराले भुइँ मान्छे समूहलाई जीत दिलाएकी थिइन् भने दिनेश सिटौलाको कप्तानीमा रङ पत्रकारको समूहले २१–२५ अंक ल्याउदै एक खेल जितेको थियो ।
भलिवल राष्ट्रिय टोलि कप्तान विनिता बुढाथोकीसंगै स्पाइकरहरु सरस्वति चौधरी , नेबिका चौधरीसंगै सिपोराले ‘भुइँ मान्छे’ युनिटको कप्तानी सम्हालेकी थिइन् भने रङ पत्रकार टिमको कप्तानी चलचित्र पत्रकार संघका संगठन उपाध्यक्ष दिनेश सिटौलाले सम्हालेका थिए । भाद्र २ मा रिलिज हुने फिल्म ‘भुइँ मान्छे’ लाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् भने यसमा सिपोरासंगै रमेश बुढाथोकी , सहिन प्रजापति , रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस