बाढी पिडीतको लागि कलाकारको अभियान, धुर्मुस सुन्तली प्रभावित क्षेत्रमै

फिल्मी फण्डा । पूर्वी र पश्चिम तराई डुबानसँगै बाढी पहिरोका कारण विस्थापित भएकाहरुका लागि देशभरीबाट सहयोग र राहत सामाग्रीहरु संकलन गर्ने काम विभिन्न संघ संस्थाहरु र व्यक्तिहरुबाट भईरहेको छ । गत शनिवारै उद्योग बाणिज्य महासंघले एक करोडको राहत कोष स्थापना गरेको छ भने शेष घलेले व्यक्तिगत एक करोड सहित राहतको लागि अरुलाई पनि अपिल गरिएको छ ।
यस्तै कला क्षेत्रमा रहेका कलाकारहरुले पनि सहयोगी हातहरु ऋघि बढाएका छन् । आफ्नो फेसबुक वालमा तराईको पिडाहरुलाई पोख्दै कलाकारहरुले सहयोगी हातहरु ऋघि बढाएका हुन् । आईतवार नेपाल कलाकार संघले रु ६५ हजार हित राहत कोष स्थापना गरेको छ जमा मह सञ्चारबाट एक लाख जममा गरिएको छ । साथै कलाकार दिपकराज गिरीले एक लाख सहयोग गरेका छन् भने निर्देशक दिपा श्री निारैलाले ५१ हजार सहयोग गर्ने भएकी छिन् । यस्तै नायिका पुजा शर्माले एक लाख, नायिका प्रियंका कार्कीले ५१ हजार सहयोग गर्ने भएका छन् ।
धुर्मुस र सुन्तली भने दाढी पिडित क्षेत्रमै उद्धारमा लागिरहेका छन् । अन्य धेरै कलाकर्मीहरुले सहयोग रकमहरु हस्तानतरण गरिरहेका छन् । कलाकार संघले छुटै अभियान थालेका छन् भने दिपकराज गिरी लगायतले टेलिभिजनकर्मी संघ मार्फत छुटै खाता खोलेर अभियान थालेका छन् । थुप्रै कलाकारहरुले यस तर्फ सबै पक्षको ध्यानाकर्ष गराएको छ । सोमवारबाट राहत संकलन तिब्र रुपमा भएको छ । प्रभावित क्षेत्रमा पुगेर उद्धार गरिरहेका तिाराम कट्टेललाई रियल हिरोको संज्ञा यतिखेर सामाजिक सञ्जालमा दिईरहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस