सिने सर्कलमा जात्रा अब्बल, विपिन र बर्षा उत्कृष्ट

फिल्मी फण्डा । काठमाण्डौको आर्मी अफिसर्स क्लबमा सोमबार आयोजना भएको ‘सिने सर्कल’ अवार्डमा चलचित्र ‘जात्रा’ले अधिकांश विधामा बाजी मारेको छ । ‘एलजी सिने सर्कल अवार्ड’ नाम दिएर आयोजित समारोहमा उत्कृष्ट निर्देशकदेखि नायक-नायिकाको विधामा गतबर्षको हिट चलचित्र ‘जात्रा’ले बाजी मार्यो । कार्यक्रममा द्धन्द्ध निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले महर्जनलाई अवार्ड प्रदान गरेका थिए ।
सूची प्रस्तुत गरिएको छः
१। उत्कृष्ट फिल्मः जात्रा
२। उत्कृष्ट निर्देशकः प्रदिप भट्टराइ(जात्रा)
३। उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४। उत्कृष्ट नायिकाः बर्षा राउत(जात्रा)
५। उत्कृष्ट संगीतकारः कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)
६। उत्कृष्ट जोडीः माओत्से गुरुङ र मेनुका प्रधान(पुरानो डुंगा)
७।उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
८। उत्कृष्ट एक्सन संयोजकः हिमाल केसी(के म तिम्रो होइन र)
९। उत्कृष्ट पाश्र्व गायिकाः मिना निरौला(ठमेल बजार, लुट २)
१०। उत्कृष्ट पाश्र्व गायकः यूवराज चौलागाइ(पलाँस)
११। उत्कृष्ट पटकथाः प्रदिप भट्टराइ(जात्रा)
१२। उत्कृष्ट ध्वनी मिश्रणः शैलेस श्रेष्ठ(गाजलु)
१३। उत्कृष्ट सम्पादकः अर्जुन जीसी(विर विक्रम)
१४। उत्कृष्ट पपुलर अभिनेत्रीः प्रियंका कार्की(छक्का पन्जा)
१५। उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी(छक्का पन्जा)
१६। उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मेसिन (नविन )
१७। उत्कृष्ट हाइएस्ट ग्रसर फिल्म डिरेक्टर अफ द इयरः दीपाश्री निरौला(छक्का पन्जा)
१८। उत्कृष्ट भीएफएक्स अफ द इयरः सत्यम राना र सुदिप आचार्य(जय पर्शुराम)
१९। उत्कृष्ट पपुलर सङ अफ द इयरः कालिप्रसाद बाँस्कोटा, ठमेल बजार(लुट २)
२०। उत्कृष्ट स्टन्ट अफ द इयरः राजु तामाङ(जय पर्शुराम)
२१। उत्कष्ट ट्रेलर अफ द इयरः सुरेन्द्र पौडेल(लुट २)
२२। उत्कृष्ट पोष्टर अफ द इयरः सुन्दर श्रेष्ठ(छक्का पन्जा)
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस