फ्राईडे रिलिज : पर्दामा दुई फिल्म
एक्शन लभस्टोरी ग्याङस्टर ब्लुज, लास चिर्नेको कथा भुईमान्छे (हल रिपोर्ट सहित)
एक्शन लभस्टोरी ग्याङस्टर ब्लुज, लास चिर्नेको कथा भुईमान्छे (हल रिपोर्ट सहित)

फिल्मी फण्डा । आज शुक्रवारबाट दुई फिल्म एक साथ प्रदर्शन हुदैछ । आशिरमान आना अभिनित एक्शन लभस्टोरी फिल्म ग्याङस्टर ब्लुज र भलिबल खेलाडी सिपोरा गुरुङ रमेश बुदाथोकी अभिनित लास चिर्नेको कथा भुईमान्छे एक साथ प्रदर्शनमा आएको हो । फिल्म ग्याङस्टर ब्लुज आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी लगायतका फिल्मका कलाकारहरुको अभिनय रहेको छ ।
हेमराज विसी निर्देशित फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । गत बुधवार फिल्मको प्रिमियर समेत गरेको थियो जसमा सहभागीले फिल्म राम्रो भएको मिश्रीत प्रतिक्रिया दिएका थिए । फिल्म निर्माणताका देखीनै चर्चामा रहेको थियो । यै फिल्मबाट आशिरमानले डेब्यु गरेका हुन् । फिल्ममा शैलेन्द्र डि.कार्कीको सिनेम्याटोग्राफी रहेको छ । फिल्मलाई दर्शकको साथ राम्रो मिल्ने निर्माता सरोज न्यापानेले दावी गरेका छन् । यस्तै बरिष्ठ कलाकर्मी रमेश बुढाथोकी र भलिभल खेलाडी सिपोरा गुरुङको प्रेमलिला रहेको फिल्म भुईमान्छे पनि अपेक्षा गरिएको फिल्म हो । उमेरले नेटो काटिसकेका रमेश र भर्खरै तरुनी अवस्थामा प्रवेश गरेकी सिपोराको प्रेमलिला कसरी संभव हुन्छ त्यो भने फिल्म हेरेपछि नै थाहा हुनेछ । दर्शकहरुले यी दुईको प्रेमलिलालाई कसरी लिने हो या सुहाउने होकी हैन त्यो पनि फिल्म प्रदर्शन पछाडी थाहा होला । फिल्ममा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई,बादल भट्ट,रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव आदिले अभिनय गरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस