प्रतिक्षित फिल्म ‘जोनी जेन्टलम्यान’ को दोश्रो गीत रिलिज (भिडीयो)

फिल्मी फण्डा । भाद्र ३० गतेलाई रिलिज कन्फर्म गरिएको यस वर्षको प्रतिक्षित फिल्म ‘जोनी जेन्टलम्यान’ को दोश्रो गीत रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीचमा ‘जब जब तिम्रो साथ’ बोलको सार्वजनिक गरिएको हो ।
गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर र अर्जुन पाखरेलको शब्दसंगीत रहेको छ । गीतको भिडियोमा पल शाह र आचँल शर्मा फिचरिङ छन् । गीतमा पल र आचँललाई रोमान्टिक मूडमा देख्न सकिन्छ । यसअघि फिल्मको ट्रेलर र तिमी बिना बोलको गीत सार्वजनिक भैसकेको छ ।
ए.जी इन्टरटेनमेन्टको ब्यानरमा एनड्रिउ पौडेल र अजय मल्लको लगानी रहेको फिल्मलाई नितिन चन्डले निर्देशन गरेका हुन् भने फिल्मको कथा महेश दवादीले लेखेका हुन् । फिल्मलाई रुपेश थापा र रामशरण उप्रेतीले खिचेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस