बुद्ध लामा बने पहिलो नेपाल आईडल, निशान फस्ट र प्रताप सेकेण्ड रनरअप (भिडियो)

फिल्मी फण्डा । नेपाल आईडलले ग्राण्ड फिनाली कतार मा सम्पन्न भएको छ । कतारमा सम्पन्न ग्राण्ड फिनालीमा बुद्ध लामा विजेता घोषित भएका छन् । विजेता घोषित सँगै बुद्ध लामा नेपालको पहिलो आईडल बनेका छन् । उनले नगद २० लाख सहित कार र अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै निशान भट्टराई र प्रताप दास फस्र्ट र सेकेण्ड रनर अप घोषित भए । उनीहरुले नगद १५ लाख र १० लाख प्राप्त गरे ।
एक हप्ताको भोटिङको आधार विजेता। प्रथम र दोश्रो छानिएका हुन् । कतारको कार्यक्रमलाई अझ सभ्य र भव्य बनाउन नेपाल आईडलले उत्कृष्ट १२ का बै प्रतियोगीलाई पनि प्रस्तुतीको लागि ग्राण्ड फिनाली मा प्रस्तुत गरेका थिए । जब उनको नाम विजेतामा घोषिट भए उनी खुशीले रुन पुगे । कतार बाटको त्यो घोषणा आए लगै विजेता नहुने प्रतियोगीको सपोर्ट गर्दै निशन र प्रतापको फ्यानले सामाजिक सञ्जाल तथा मिडियामा नेपाल आईडल आयोजकलाई गाली गलौज गरेका छन् । जे होस् नेपालमा पहिलो पटक यति धेरै चर्चा र परिचर्चाको रियालीटी शो भने पहिलो पटक भएको हो । विजेता जहिले पनि एक नै हुने हो भने जस्तै एक विजेता सहित अरु उप विजेता बने । तर सबै प्रतियोगीहरु नेपाल आईडल हुन् । अब बुद्ध लामा, निशान भटट्राई र प्रताप दास एक बर्षको लागि नेपाल आईडलको दायरामा बस्नु पर्नेछ । संगीतीक आकाशमा विजेता सहित सबै प्रतियोगीहरुको भविष्य अझ उज्वल बनोस् शुभकामना ।
भिडियो अपलोड हुदैछ :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस