‘मंगलम’ को रोमान्टिक गीत र ‘छक्का पञ्जा २’ को कमेडी ट्रेलर एकै दिन

फिल्मी फण्डा । फिल्म एकै दिनमा चल्ने भएर होला सायद दुई फिल्मको प्रचार साम्रागी पनि एकै दिन सार्वजनिक गरिएको छ । फिल्म मंगलमले पहिलो प्रचार सामाग्री स्वरुप एक रोमान्टि गीत लाई बुधवार दिउँसो २ बजे सार्वजनिक गरिएको हो भने फिल्म ‘छक्का पञ्जा २’ ले बेलुका ६ बजेर ५ मिनेट २ सेकेण्डमा ट्रेलर सार्वजनिक गरिएको हो ।
निर्माता छविराज ओझाले निर्माण गरेको चलचित्र ‘मंगलम’ को सार्वजनिक गीतमा पुष्पल खड्का र शिल्पा पोखरेललाई प्रस्तुत गरिएको छ । फिल्मको गीत रोमान्टि भएकोले दर्शकहरुले मन पराउने निर्माण पक्षले बताईएको छ ।
यस्तै फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलरमा अधिकांश कलाकारहरुलाई फिचरिङ गरिएको छ । ट्रेलर कमेडी शैलीमै प्रस्तुत गरिएको छ । फिल्म कमेडी भएको कारण पनि फिल्ममा अधिकांश कलाकारहरु कमेडी कलाकार नै रहेको छ ।
फिल्म ‘छक्का पञ्जा २’ मा दिपक राज गिरी, जितु नेपाल, केदार घिमीरे, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत कलाकारहरुको मूख्य भुमिका रहेको छ । यस्तै ‘मंगलम’ मा शिल्पा पोखरेल, साम्राज्ञी राज्यलक्ष्मी देवी शाह, पुष्पल खड्का, पृथ्वी प्रसाई लगायतको मूख्य भुमिका रहेको छ । दुबै फिल्म आउँदो दशै लक्षित गरेर असोज ११ बाट प्रदर्शन हुदैछ । ‘मंगलम’ लाई छविराज प्रोडक्शनको निर्माणमा नवल नेपालले निर्देशन गरेका हुन् भने ‘छक्का पञ्जा २’ लाई छक्का पञ्जा टिमसँगै विकास राज आचार्यको हकार्यमा निर्माण गरिएको हो । फिल्मलाई दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस