‘फाटेको जुत्ता’कोे नयाँ मोजा ट्रेलर (भिडियो)

फिल्मी फण्डा । कात्तिक १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको ट्रेलर बाटा फिल्म डार्क कमेडी जनराको रहेको प्रस्ट्याउँछ ।
फिल्ममा नायक सौगातले तराई क्षेत्रको एक यूवकको भूमिका निर्वाहा गरेका छन् । अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई ’जिन्दगी रक्स’ का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्म ‘फाटेको जुत्ता’ भएपनि मोजा भने नयाँ प्रयोग गरिएको छ ।
ट्रेलर हेर्नुहोस् :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस