गीत गाउँदै माया बसाउँदै सौगात र बेनीशा (भिडियो)

फिल्मी फण्डा । फिल्म झ्यानाकुटीको गीत सार्वजनिक गरिएको छ । तिमीलाई सानी बोलको गीत निर्माण पक्षले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । गीतमा सौगात मल्ल र बेनिशा हमाललाई फिचरिङ गरिएको छ । सौगातले बेनिशा प्रतिको माया बढाउन गीत प्रस्तुत गरिएको बुझ्न सकिन्छ ।
शनिस सुनुवारको शब्द संंगीत रहेको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर रहेको छ । निशा अधिकारीले निर्माण गरिएको फिल्मको यस गीतलाई सिमोस सुनुवार र निशा अधिकारीले कोरियोग्राफि गरेका छन् । फिल्मलाई हरि हुमागाईले खिचेका हुन् भने सिमोस सुनुवारले निर्देशन गरेका हुन् । फिल्म आगामी मंसिर १ गतेबाट देशव्यापी प्रदर्शनको क्रममा रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस