‘मेला’ को दोस्रो गीत ‘खाली हुदैँ गयो’ रिलिज ( भिडीयो )

फिल्मी फण्डा । फिल्म ‘मेला’ को दोस्रो गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द संगीत रहेको ‘खाली हुदैँ गयो’ बोलको गीतमा बिकास राई र शशी रवालको स्वर रहेको छ ।
पवित्रा आचार्यले कोरियोग्राफी गरेको गीतको भिडियोमा सलोन बस्नेत, आमेश भन्दारी, आशिस्मा नकर्मीको नृत्य हेर्न सकिन्छ । आगामी कार्तिकको २४ गतेबाट देशभरका हलहरुमा फिल्म ‘मेला’ लाग्ने भएको छ । भिडीयोमा सम्पूर्ण कलाकारहरुलाई डान्सिङ मुडमा देख्न सकिन्छ ।
‘मेला’ रमाईलो हुने को की हैन त्यो लागे पछि नै थाहा होला । बसन्त निरौलाको निर्देशन रहेको फिल्म मेला मा सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीसगैँ बसन्त भट्ट, निरज श्रेष्ठको पनि भूमिका रहेको छ ।
फिल्मको कथा, स्क्रिप्ट र संवाद हरि पन्तले गरेका हुन् फिल्ममा उनले सह निर्देशन समेत गरेका छन् । दिव्य सुवेदीको सिनेम्याटोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस