मेलिना राईको नयाँ एल्बम ‘माया’ सार्वजानिक

फिल्मी फण्डा । विगतमा लगातार हित गीतहरु दिदैं आएकी गायिका मेलिना राईको नयाँ एल्बम ‘माया’ सार्वजानिक भएको छ । दशैंको शुभकामना सहित बुधबार राजधानीमा एक कार्यक्रमको बीच उक्त एल्बम बिमोचन गरिएको हो । एल्बममा माया मगरको शब्द, उत्तम जङ्ग लिम्बुको सङ्गीत र मेलिनाको स्वर रहेको छ ।
एल्बममा समावेश गीत ‘गाँउकी गोरी’ उक्त कार्यक्रमको बीचमा नै सार्वजनिक गरिएको थियो । सार्वजानिक गीतको भिडीयोका एलिशा राई र मेलिना राई स्वयम फिचरिङमा छन् । उक्त भिडीयोमा कमल राईको निर्देशन रहेको छ भने सुप्रिम पराजुली सिनेमाटोग्राफी रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस