• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘अन्तराष्ट्रिय फिल्म फेयर एकेडेमी अवार्ड’ दक्षिण कोरियामा हुदैँ

  • 2017-10-16 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । उकालो लाग्दै गरेको नेपाली फिल्म इन्डष्ट्रिमा अहिले विभिन्न अवार्ड सोहरु हुने गर्छ । चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउनको लागि अवार्ड सो हरु अहिले नेपालमा भन्दा पनि बाहिर देशहरुमा धेरै हुने गरेको छ ।

    यस्तै, सोमबार काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘अन्तराष्ट्रिय फिल्म फेयर एकेडेमी अवार्ड’ दक्षिण कोरियाको राजधानी सियोलमा हुने जानकारी दिएको छ । कार्यक्रमको उद्घाटन निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइले संयुक्त रुपमा गरेका थिए । सन् २०१८ को फेब्रुअरीको दोस्रो हप्तामा उक्त कार्यक्रम हुने भएको छ ।

    उक्त अवार्डलाई बक्स अफिस ग्रुप प्रालि, कोरिया (एनआरएनए कोरिया), र गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्ले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् भने कार्यक्रमको व्यवस्थापन संगिक्षा फिल्मस्ले गर्ने भएको छ ।

    आयोजक टीमले सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली चलचित्रहरुलाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरेका छन् । चलचित्र, निर्देशक, नायक, नायिका, सह–अभिनेता, सह–अभिनेत्री, नव–अभिनेता, नव–अभिनेत्री, नव–निर्देशक, खलपात्र, लेखन, हाँस्य कलाकार, पाश्र्व गायक, संगीतकार, गीतकार, छायांकार, सम्पादक, कोरियोग्राफर र द्धन्द्ध निर्देशक गरि कुल २० विधामा अवार्ड वितरण गर्ने भएको छ ।

    अवार्डको लोगो अनावरण पूर्व सांसद मोहन राइले गरेका थिए । चलचित्र क्षेत्रमा लामो समय देखि योगदान पु¥याउने एक जनालाई पनि ‘लाईफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गर्ने भएको छ । यो अवार्डका जुरी सयोंजक पत्रकार भरत शाक्य हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073