चलचित्र मेलाको ट्रेलर रिलिज (भिडियो)

फिल्मी फण्डा । कार्तिक २४ गतेलाई रिलिज मिती तय गरेको चलचित्र मेलाको ट्रेलर रिलिज गरिएको छ । उक्त ट्रेलरमा लब, रोमान्स र तीन जना साथी बिचको सम्बन्ध देखाउन खोजिएको छ ।
पछिल्लो समय युवा पुस्ता माझ आफ्नो राम्रो फ्यान फोलोइङ बनाउन सफल सलोन बस्नेत, आशिस्मा नर्कमी र आमेश भण्डारी सगैँ फिल्ममा बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा अष्ट मर्हजनको एक्सन, पवित्रा आचार्यको कोरियोग्राफी र अर्जुन पोखरेलको सगींत रहेको छ । राज राधिका इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्म मेलामा बसन्त निरौलाको निर्देशन हुन् भने फिल्मका निर्माता मनोज के मरोडिया हुन् । फिल्ममा स्किृन प्ले, डाइलग र स्टोरी हरी पन्तको रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस