यूरोपियन देशहरुमा खिचियो फिल्म ‘ होलिडे ‘

फिल्मी फण्डा । अहिले नेपाली फिल्म इन्डष्ट्रिमा फिल्महरु बाहिर देशहरुमा निर्माण गर्ने ट्रेण्ड नै चलिरहेको छ । यसै बिच बि. एन फिल्म्सको ब्यानरमा निर्मित फिल्म ‘ होलिडे ‘ पनि यूरोपको विभिन्न देशहरुमा छायाङकन गरेर अहिले नेपाल फर्किसकेका छन् ।
कमेडी जनरामा बनेको यस फिल्मका निर्माता मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की हुन् भने फिल्मका कार्यकारी निर्माता दिनेश कालिराज हुन् । पहिलो पटक सोलो अभिनय गरेकी नायिका आचार्यको साथमा गौरव पहारी, बुद्धि तामाङ, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत रहेको उक्त फिल्मलाई अभिमन्यू निरबीले लेखेका हुन् । निर्देशक बसन्त निरौलाद्वारा निर्देशित अर्को चलचित्र ’मेला’ यहि कार्तिक २४ गते रिलीज हुँदैछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस