‘शत्रुगते’ फ्लोरमा, पलसँग आँचल र प्रियंकाको रोमान्स (भिडियो)

फिल्मी फण्डा । नेपाली फिल्म शत्रुगते फ्लोरमा गएको छ । राजधानीको कमलादीमा रहेको गणेश मन्दिरमा पुजा आजा गरि फिल्मका युनिट फ्लोरमा गएको हो । मह जोडी निकै समय पछि शत्रुगतेबाट पुन फिल्म निर्माणमा फर्किएका छन् । मह संचारको प्रस्तुतीमा ‘शत्रुगते’ निर्माण हुन लागेको हो । यसअघि सुपरहिट फिल्म ’जात्रा’ निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले यो फिल्मको निर्देशन गर्दैछन् । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।
तस्वीर : दिपकराज गिरीको फेबुकबाट
रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस