• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

आर्यन र श्रृष्टीको जोडी पर्दामा देखिदै

  • 2017-11-20 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आकाश अधिकारीको निर्देशन रहेको फिल्म के म तिम्रो हैन र बाट नेपाली रजटपटमा आएका नायक हुन् आर्यन अधिकारी । पहिलो फिल्मबाट संभावना देखाएका आर्यनको डेब्यु फिल्म व्यवसायिक रुपमा सफल नभएपनि उनी सबैको नजरमा परे ।

    उनै आर्यनले अब भने हेमराज बिसी निर्देशित गाजलुबाट डेब्यु भएकी नायिका तथा पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठसँग स्क्रिन सेयर गर्ने भएका छन् । आर्यनले अहिले सम्म के म तिम्रो होईन र, बटरफ्लाई, जस्मिन लगायतका फिल्ममा प्रियंका कार्की, आशिष्मा नकर्मी, मरिष्का पोखरेलसँग रोमान्स गरिसकेका छन् ।

    अब उनले सबीर श्रेष्ठले निर्देशन गर्न लागिएको फिल्म कसो कसो माया बस्यो नामक फिल्ममा श्रृष्टिसँग रोमान्स गर्ने भएका हुन् । निर्देशक सबीर श्रेष्ठले फिल्मी फण्डासँग कुरा गर्दै फिल्म चलचित्र विकास बोर्डमा दर्ता भएको जनाउँदै फिल्मको नाम परिवर्तन हुन सक्ने बताएका छन् । उनले फिल्मको नाम बाँध मायाले हुन सक्ने बताएका हुन् ।

    फिल्मी फण्डालाई जानकारी गराउँदै उनले आर्यन र श्रृष्टिको जोडी फिल्ममा पक्का भएको बताएका हुन् । निर्देशक सबीरका अनुसार आउँदो साताबाट फिल्मको छायांकन शुरु हुनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहने बुझिएको छ । फिल्ममा आर्यन र श्रृष्टिको अलवा राजाराम पौडेल, किशोर खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

    रामहरी धिताल, सविर श्रेष्ठ, बद्री प्रसाद लामिछाने निर्माता रहने फिल्मलाई बाबु श्रेष्ठले खिचिने निर्माण टिमले फिल्मी फण्डालाई जानकारी गराएका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073