ओरालो लागेका दयाहाङको सेडुल फेरिदै

फिल्मी फण्डा । कुनै समय एकाएक चर्चामा आएका कलाकार हुन् दयाहाङ राई । उनले नेपाली फिल्म क्षेत्रमा फरकखाल अभिनय यात्रा गरेर राम्रो स्थान जमाउँदै आईरहेका थिए । सबैको मन मस्तिष्कमा बस्न सफल दयाहाङ राई व्यवसायिक रुपमा ओरालो लागिरहेका छन् । उनले अभिनय शुरु गरेका लुट लगायत केही फिल्मले व्यवसायिक रुपमा रेकर्डहरु राखेका थिए । तर उनी सोलो रुपमा अभिनित फिल्महरुले खासै राम्रो व्यवसाय गर्न सकिरहेको छैन । फिल्म घामपानीले औसत व्यापार कायम गरेको थियो भने उनी सोलो रुपमा अभिनित सबै फिल्मले निर्मातालाई डुबाएको छ । पछिल्लो समय अभिनय छोडेर निर्देशन मार्फत फिल्म क्षेत्रमा रहिरहने चर्चा चल्दै गर्दा पनि दयाहाङ उतिनै व्यस्त देखिन्छ ।
भर्खरै फिल्म कान्छि सकाएका उनले फिल्म भैरेको तयारी गरेको बुझिएको छ । निर्माता निर्देशकहरुलाई २ बर्षको फिल्मको सेडुल दिने गरेका उनले ती सेडुल भन्दा बाहिरका फिल्महरु हाल गरिरहेका छन् । के उनले अभिनय गरेका फिल्मले व्यवसायिक रुपमा सफलता हात पार्न नसकेपछि कतै बिचका फिल्महरुबाट निकालिएका हुन्, की फिल्म नै नबने भएका हुन् त्यो उनैलाई थाहा होला । फिल्म कान्छि पछि उनले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईसँग मिलेर आफैले फिल्म बनाउने तयारीमा रहेको थियो । त्यसपछि सेतो सुर्य निर्देशक दिपक रौनियारको अर्को फिल्म गर्ने र त्यसपछि सिनेमा आर्टको फिल्म गर्ने तयारीमा रहेका थिए । लगतै उनले निश्चल बस्नेतको अर्को फिल्म र लुट ३ लाई पनि समय दिने सेडुल बनाएका थिए ।
यसको साथै उनले अमेरिकाको भिषा पनि माग गरेको थियो त्यसपछि केही समय उनी अमेरिका जाने समेत उनले बताएका थिए । अमेरिकाको भिषा नलागेपछि उनले अमेरिका जाने उद्धेश्यले फिल्म भैरे खेल्न लागेको बुझिएको छ। एभरेष्ट सुर्य बोहोरा अमेरिका बस्दै आइरहेका छन। फिल्म भैरेकै लागि उनि नेपाल आएका थिए। फिल्म भैरे नेपाल र अमेरिका मा छायाँकन हुने बुझिएको छ। तर उनले अघिल्लो सबै सेडुल नै परिवर्तन गरेर उनले फिल्म ‘भैरे’मा अभिनय गर्ने भएका छन् । फिल्म ठूली लाई निर्माण तथा निर्देशन गरेका एभरेष्ट सुर्य बोहराले ‘भैरे’लाई निर्देशन गर्ने भएका छन् । ‘भैरे’मा नायिका वर्षा सिवाकोटी, कलाकार वुद्धि तामाङ, बाल कलाकार अनुभव रेग्मी पनि रहने निर्माण टिमले बताईएको छ । उनी सालो रुपमा अभिनित अहिले सम्मका फिल्महरु व्यवसायिक रुपमा असफल छन् । अब फिल्म त्यान्द्रो, नेप्टे र कान्छि लगायतले कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न बाँकी छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस