दयाहाङलाई छोडेर प्रियंकाको सञ्जयसँग रोमान्स

फिल्मी फन्डा। फिल्म ‘ह्याप्पी डेज’ को एक रोमन्टिक गीत सार्बजनिक गरिएको छ। चलचित्रका निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै खाली खाली बोलको गीत सार्बजनिक गरिएको हो। गीतमा प्रियंका कार्की र सञ्जय गुप्ता को अन्स्क्रिन रोमान्स रहेको छ। फिल्ममा दयाहाङ राईको पनि अभिनय रहेको छ। तर प्रियंकालाई दयाहाङसंग नभई सञ्जयसंग रोमान्स गरिएको देख्न सकिन्छ।
माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म लन्डनका विभिन्न आकर्षक ठाउँहरुमा खिचिएको बताईएको छ। तारा प्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्दमा तयार भएको गीतमा संगीतकार लिम्बुलाई दीपा लामाले गायनमा साथ दिएकी छिन् । गीतको भिडियोलाई फिल्मकै निर्देशक मिलन चाम्सले कोरियोग्राफी गरेको हो। ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई रामकुमार केसीले खिचेका हुन् । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स फिल्मका निर्माता हुन् ।
गीत हेर्नुहोस् :-
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस