सलिनलाई छाडेर पहिलो पटक विदेश यात्रामा साम्राज्ञी, मध्यरातमै एयर्पोटमा घेरिए साम्राज्ञी र झरना (फोटो फिचर र भिडियो सहित)

फिल्मी फण्डा । फिल्म ‘ए मेरो हजुर २’ की नायिका पहिलो पटक विदेश यात्रामा निस्केकी छिन् । अष्ट्रेलियाका विभिन्न शहरमा फिल्म ‘ए मेरो हजुर २’ को प्रदर्शनको लागि फिल्मीका नायक सलिनमान बाँनियालाई छाडेर नायिका साम्राज्ञी र झरना थापा अष्ट्रेलिया लागेकी हुन् ।
एयर्पोटमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्राज्ञीले घर छोडेर अहिले सम्म बाहिर नगएकी र यो नै पहिलो विदेश यात्रा रहेको समेत बताएकी छिन् । नेपालमा ‘ए मेरो हजुर २’ सुपरहिट भईसकेपछि फिल्मको विदेश प्रदर्शन अष्ट्रेलियाबाट शुरु हुन लागिएको हो । फिल्मका तर्फबाट दुई जना निर्देशक र नायिका मात्र किन भने प्रश्नमा नायिका झरना थापाले व्यवस्थापन र भिषाको समस्याका कारण दुई जना मात्र जानु परेको फिल्मी फण्डालाई बताएकी छिन् ।
अनमोल केसीलाई ५० लाख अफर गरेको वारेमा उक्त तथ्य गलत भएको बताउँदै झरनाले फिल्मको लागि अफर गरेको तर ५० लाख अफर नगरेको र ५० लाखमा कुनै कलाकारसँग काम पनि नगर्ने बताएकी छिन् । यता नायिका साम्राज्ञीले चक्लेटी नायक आर्यन सिग्देलको होम प्रोडक्शनमा निर्माण हुन लागिएको फिल्ममा काम गर्ने निश्चित भएको बताएकी छिन् ।
उनले आफ्नो पारिश्रमीकको वारेमा भने केही कुरा खुलाएकी छैनन् । अष्ट्रेलियाका विभिन्न शहरमा ‘ए मेरो हजुर २’ प्रदर्शन पश्चात नेपाल फर्कने र त्यसपछि अरु देशहरुमा फिल्म प्रदर्शन गरिने झरना थापाले बताएकी छिन् । झरना र साम्राज्ञी अष्ट्रेलियामा १० दिन सम्म रहनेछिन् । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर २’ लाई झरनाले पहिलो पटक निर्देशन गरेकी हुन् । फिल्ममा सलिनमान र साम्राज्ञीको अलवा सलोन बस्नेतको पनि मूख्य भुमिका रहेको छ ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस