मिस नेसनल आइकनको अडिसन समापन

फिल्मी फण्डा । अहिले नेपालमा पनि विभिन्न सौन्दर्य प्रतियोगिताहरु ह्ुने गरेको छ । केही दिन अघि मात्र मिस नेसनल आइकनको अडिसन सकिएको छ । १६ वर्ष देखि २७ वर्ष सम्मको युवतीहरुले भाग लिन पाउने यस सौन्दर्य प्रतियोगितामा अडिसनबाट २० जना युवतीहरु छानिएको छ ।
प्रतियोगिताको कोरियोग्राफर कला सुब्बा हुन् भने यस प्रतियोगितालाई ब्राइट इन्टरटेन्मेन्टले आयोजना गरेको हो । प्रतियोगिताको बिजेताले उपहार स्वरुप कार प्रदान गर्ने आयोजक टिमले बताए ।
मसिंर १७ गते हुने यस प्रतियोगिताको ग्रान्ड फिनाले टुँडिखेलमा हुने भएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस