सुटिङ गर्दैगर्दा आगोलागी, दुई सेट खरानी, करौडोको क्षती

काठमाडौं – नगार्जुनाको सुटिङमा आगलागी हुँदा सुटिङ सेट नै जलेको छ । सुटिङ गरिरहेको अवस्थामा दुई वटा सेट जलेको भारतीय मिडियाहरुले जनाएका छन् । सुटिङ गरिरहेको अवस्थामा एक्कासी आगोलागी हुँदा सेट जलेको जनाएको छ ।
उक्त आगोलागीमा मानवीय क्षती भने केही नभएको फिल्मका युनिटले जनाएको छ । आगो कसरी कुन ठाँउबाट लागेको हो भने कारण अहिले सम्म खुल्न सकेको छैन । फिल्म युनिटका अनुसार सुटिङको लागि प्रयोग गरेको विद्युतिय सर्किटहरुबाट आगोलागी हुन सक्ने आशंका गरिएको छ ।
आगोलागी भएको ठाउँ हैदरावादमा रहेको अन्नपूर्ण फिल्म स्टुडियो हो । उक्त घटनाले नागार्जुनाको फिपल्मलाई करोडौंको क्षति भएको बुझिएको छ । हाल फिल्मको सुटिङ स्थगीत गरिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस