फिक्काको प्रर्दशन मिती सार्वजानिक

फिल्मी फण्डा । नेपाली चलचित्र फिक्काको प्रर्दशन मिती मंसिर १५ लाई फिक्स भएको छ । ग्रामीण क्षेत्रमा भएको व्याप्त गरिबी, पारिवारिक सम्बन्ध र प्रेम कथालाई चित्रण गरिएको उक्त फिल्मको निर्देशक जनक खड्का हुन् ।
नेपालमा अब प्रर्दशनको क्रममा रहेको उक्त फिल्म यस अघि जापानमा प्रर्दशन भइसकेको छ । यस फिल्मको निर्माता नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा नेपालकी पहिलो महिला निर्देशक सचित्रा श्रेष्ठले हुन् ।राजु श्रेष्ठको सम्पादन रहेको उक्त फिल्ममा रीता खाती सुनारको लेखन र एनबी अञ्जानको कोरियोग्राफी रहेको छ ।
नेपालसहित बेल्जियम, स्पेन, बेलायत, बहराइन लगायतका देशहरुमा पनि फिल्म प्रर्दशन हुने भएको छ । प्रस्तुतकार्ता तथा अभिनेता रहेका अजय सुनारको अलावा चलचित्रमा दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्ने भएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस