फेरि नयाँ गायन प्रतिस्पर्धा

फिल्मी फण्डा । अहिले नयाँ युवा पुस्ताहरुलाई आफ्नो कला देखाउन विभिन्न यूट्यूब सो र रियालिटि सोहरुले धेरै मदत गरिरहेको छ । यूट्यूबमा नै बिभिन्न प्रतिस्पर्धा र टेलिभिजनमा पनि विभिन्न रियालिटि सो मार्फत आफ्नो प्रतिभा प्रस्फूटन गर्न सक्दछ ।
केहि समय अघि मात्र नेपाल आइडलको समापन गरिएको थियो भने अब फेरि होराइजन कभर सङ् कम्पिटिसन हुने भएको छ । यो कम्पिटिसन यूट्यूब मार्फत हुने भएको छ । द होराइजन मल्टीमिडियाको ब्यानरमा हुने उक्त कम्पिटिसनको कार्यक्रमको संयोजक संगित बराल हुन् ।
यूट्यूब प्रतिको मानिसहरुको क्रेजलाई मध्यनजर गर्दै यो प्रतियोगिताको अडिसन अनलाइन मार्फत नै भईरहेको बरालले बताए । प्रतियोगितामा सहभागि हुनको लागि प्रतियोगीहरुले होराइजन मल्टिमिडियाको अफिसियल फेसबुक पेज लाइक गरी यूट्यूव च्यानल RK’S PRODUCTION लाई सब्स्क्राइब गरेर मोवाइलमा आफुले गाएको गीतको कभर भिडियो बनाएर thehorizonmultimedia@gmail.com मा इमेल गर्नु पर्ने छ ।
पहिलो चरणमा आउने सम्पूर्ण भिडियोहरुलाई यूट्यूवमा अपलोड गरिएर त्यसमा आउने दर्शकहरुको भ्यूको आधारमा चर्चित संगितकार र गायकहरुद्वारा जजमेन्ट गरिनेछ । दोस्रो चरण बाट कार्यक्रम यूट्युवको साथमा टेलिभिजनमा पनि प्रशारण हुने आयोजक टिमले बताएको छ ।
विजेतालाई नगद रु एक लाखको साथमा एउटा गीत रेकर्ड तथा म्यूजिक भिडियो निर्माण लगायतका अन्य पुरस्कारहरु पाउने छन् भने टप ३ ले पनि गीत रेकर्ड र त्यस्को म्यूजिक भिडियो निर्माण गर्न अवसर पाउने संयोजक बरालले बताएका छन् । अडिसनका लागि भिडियो पठाउने अन्तिम मिति यहि डिसेम्बर १ तारीख सम्म रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस