बडिगार्ड सहित आएकी रेविका आउट, प्रियंकाले प्रदिपसँग रोमान्स गर्ने (भिडियो सहित)

फिल्मी फण्डा । फिल्म लिलिबिलीको घोषणा कार्यक्रममा नायक नायिकाको चर्चा निकै तडक भडक रुपमा भएको थियो । नायक प्रदिप खड्कालाई चार र नायिकाद्धय रेविका गुरुङ र जसिता गुरुङलाई दुई–दुई बडिगार्ड सहित प्रस्तुत गरेका थिए । त्यतिबेला बडिगार्डको खुबै विरोध भयो । निर्माण पक्षले यसको खण्डन पनि गरे ।
कतिपय मिडियाले बडिगार्ड पाएका नायक नायिकाको पछि के अवस्था होला भनेर समेत भनेका थिए । अहिले यस्तै भएको छ फिल्म लिलिबिलीमा । तडक भडक र २ बडिगार्ड सहित प्रस्तुत भएकी नायिका रेविका गुरुङलाई फिल्मबाट आउट गरेकी छिन् । युरोपमा फिल्मको छायांकन गर्नुपर्ने भएकोले युरोपका देशले उनलाई भिषा नदिईएपछि उनी निकालिएकी हुन् ।
उनको ठाउँमा फिल्म निर्माण टिमले नायिका प्रियंका कार्कीलाई भित्राएकी छिन् । अहिले फिल्मका सम्पूर्ण निर्माण टिम छायांकनको लागि लण्डन पुेगका छन् । फिल्ममा प्रियंकाको ईन्ट्रिसँगै मिडियामा अहिले प्रियंका र प्रदिपको चर्चा झन शुरुहुन थालेको छ । पहिलो पटक नायिका प्रियंका कार्की र नायक प्रदिप खड्काको जोडी फिल्म लिलिबिलीमा देखिन लागेका हुन् । दुबैको स्टारडम उतिकै भएका कारण यी दुईको जोडीलाई दर्शकले कतिको रुचाउने हो अहिले नै चर्चा हुन थालिसकेको छ ।
फिल्म ‘हेप्पी डेईज’ को प्रिमियरको लागी चाम्ससँगै अभिनेता प्रदिप खड्का, प्रियंका कार्की लगायतका टिम लण्डनमा छन् । फिल्म ‘हेप्पी डेईज’ को प्रिमियर सकेपछि लिलिबिलीको केही छायांकन गरि निर्माण टिम नेपाल फर्कने निर्माण स्रोतले जनाएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस