किन बिछोड भयो त रोमियोको ?

फिल्मी फण्डा । कार्तिक ७ गतेलाई रिलिज डेट फिक्स गरेको फिल्म ‘रोमियो’ को तेश्रो गीत ‘तिम्रो यादमा’ सार्वजानिक भएकोे छ । यस अघि उक्त गीतको लिरिकल भिडीयो सार्वजानिक गरिएको थियो । गीतको भिडीयोले विछोडको भाव व्यक्त गर्दछ ।
उक्त गीतमा कुर्वान अली खान र अमृता लिम्बुको शब्द, संगीत र स्वर सुन्न सकिन्छ भने गीतमा हसनराजा खानसँगै निशा अधिकारी र ओसिमा बनु फिचरिङमा रहेका छन् । एचआरके प्रोडक्शन र एसको प्रस्तुतीमा तयार गरिएको फिल्मलाई नव निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् भने चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मका कार्यकारी निर्माता मिलन साप्कोटा हुन् भने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, रामेश्वर कार्कीको छायांकन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन रहेको छ । चलचित्र सांगीतिक प्रेमकथामा आधारित भएको कारणले गर्दा दर्शकले मन पराउने विश्वास निर्माता टिमले लिएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस