सलमान खान दोश्रो पटक नेपाल आउने

फिल्मी फण्डा । बलिउड सुपरस्टार सलमान खान दोश्रो पटक नेपाल आउने भएका छन् । दबंग स् द सलमान खान लाइभ इन नेपाल’ का लागी सलमान नेपाल आउने भएका हुन् । उक्त कार्यक्रम फागुन २६ गते टुडिखेलमा हुन लागिएको हो । सलमानलाई ओडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेको हो ।
यस अघि सलमान १९ बर्ष अघि रंगशालामा प्रस्तुत भएका थिए । त्यतिबेला सेकुरिटी कमजोर भएका कारण सलमानलाई सुरक्षा व्यवस्था कमजोर भएको थियो । ओडीसिका संचालकको अनुसार सलमान सहित आउने कलाकारहरुलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागी बिहिबारनै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिइसकेको छ ।
आयोजकका अनुसार कार्यक्रममा सलमानको साथमा प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका केही चर्चित अनुहार नेपाल आउने छन् । २५ हजार दर्शकश्रोता आउने अनुमान गरिएको कार्यक्रमको लागी सलमानको भाई कन्सर्ट हुने स्थान, बस्ने होटेलको साथै सुरक्षा लगायतको बिषय बुझन मंसिर तेश्रो हप्ता नेपाल आउदै छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस