सुरजको ‘कालो कपाल’ (भिडियो)

फिल्मी फण्डा । झन्डै १३ वर्षदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको ‘कालो कपाल’ गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ ।
विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत रहेको पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ । रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्राफी छ ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस