“त्यो सपना’ लिएर आए सञ्जीव

फिल्मी फन्डा। रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजीव पराजुलीको संयुक्त म्यूजिक एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ ।
एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत २०५० सालदेखि गीत रचना गर्दै आएका छन् । यो एल्बम होमको पाँचौ सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले एक सय पचास बढी गीतमा संगीत दिएका छन् ।
हिट गीत ‘नाईं मलाई थाहा छैन’ मार्फत परिचय फैलाउन सफल गायक संजीवको यो दोश्रो सोलो एल्बम हो । यस एल्बममा ‘त्यो सपना’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘मेरी मायालु’ र ‘बेदनाले’ गरी पाँच गीत संग्रहित छन् ।
एल्बममा समावेश गीतहरुमा गायिका टीका प्रसाईं, ऱ्यापर मि. प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस