फिल्म ‘हुर्रे’ को डान्सीङ नम्बर ‘ठेकीमा दहि’ लाई दर्शकको साथ ( भिडीयो )

फिल्मी फण्डा । गत डिसेम्बर १ मा युट्युब मार्फत सार्वजनिक भएको फिल्म ‘हुर्रे’ को कमेडी शैलीको डान्सीङ नम्बर ‘ठेकीमा दहि’ बोलको गीतलाई दर्शकले १० लाख भन्दा बढी पटक हेरिसकेका छन् । उक्त गीतमा केकी अधिकारी , राजाराम पौडेल र अंकित खड्का फिचरीङ छन् । बौद्धमा रहेको स्तुपाको वरपर खिचिएको गीतमा केकीले राजाराम र अंकितसंग कम्मर मर्काएकी छिन ।
राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर, राजेन्द्र थापाको शब्द र राजनराजकोे संगीत रहेको गीतलाई बिक्रम स्वारले कोरियोग्राफ गरेका हुन् । फिल्मलाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माण गरेका हुन् । फागुन २५ गते प्रर्दशनमा आउने फिल्ममा यम थापाको लेखन तथा निर्देशन र चन्दन दत्तको सम्पादन रहेको छ ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस