गाडीको ठक्करबाट नायिकाको निधन

फिल्मी फन्डा। कलाकार बिना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । बुधबार दिउँसो राजधानीको बत्तीसपुतलीमा भएको सवारी दुर्घटनामा कलाकार तथा मोडल बिनाको निधन भएको हो ।
बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई बत्तीसपुतलीमा ठक्कर दिएको थियो । विर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले आधिकारिक जानकारी दीइएको हो। ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिनाले केहि फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् । उनले अभिनय गरेको फिल्म पिँजडा ब्याक अगेन प्रदर्शनको क्रममा रहेको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस