५० लाखवारे मुख खोले अनमोलले, ट्रेलर रिलिजमा भयो सवाल जवाफ

फिल्मी फण्डा। पछिल्ला समयका स्टार अनमोल केसी ले आफुलाई ५० लाख अफर गरेको वारेमा पहिले कुनै प्रतिक्रिया दिएका थिएनन् । यसको धेरै समय अन्तरालमा अनमोलले ५० लाख वारे मुख खोलेका छन। राजधानीमा फिल्म कृ को ट्रेलर रिलीज कार्यक्रममा अनमोलले ५० लाख वारे मुख खोलेका हुन।
उनले आफुलाई धेरै जनाले ५० लाखको अफर गरेको बताएका हुन। आफुलाई ५० लाखको अफर आएता पनि पैसाको पछडी आफु नलगेको उनले बताएका छन। यहि बिषयमा झरना थापा, मनोज राठी, सुरेन्द्र पौडेल र निर्देशक सिमोश सुनुवार लगायतले ५० लाख अफर गरेको कुरा सार्बजनिक भएको थियो। त्यति बेला सबैले यस बिषयको खण्डन गरेका थिए। अन्तत यो साँचो निस्किएको छ।
अनमोलले आफुलाई पैसा को भन्दापनि कामको आबश्यकता रहेकोले पैसामा भन्दापनि काममा ध्यान दिएको बताएका हुन्। उनले आफुले काममा बढि ध्यान दिएकै कारण दुइ बर्षमा एउटा मात्र फिल्म खेलेको बताए। ५० लाखको अफर गलत भन्दै सामाजिक सञ्जाल र ब्यक्तिगत खण्डन गर्नेहरुलाई अनमोलले राम्रो झापड दीइएको हो।
लामो समयपछि अनमोल मिडिया माझ देखिएका कारण मिडियाकर्मीसंग फिल्म कृ टिम र अनमोलको ठुलै सवाल जवाफ भएको छ। निर्माण टिम र कलाकारसंग मिडियाले फिल्म र सम्बन्धित बिषयमा प्रश्न गरेका थिए।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस