केकीले गरिन् प्रि – स्कूलको उद्घाटन

फिल्मी फण्डा । नायिका केकी अधिकारीले राजधानीमा एक प्रि स्कुलको उद्घाटन गरेकी छिन् । भारतको उत्कृष्ट ब्राण्ड बनाउन सफल स्यानफोर्ट प्रि–स्कुलले नेपालमा पनि आफ्नो ब्रान्च विस्तार गर्दा केकी सँगै सिआईबी प्रमूख तथा डिआईजी पुस्कर कार्कीले संयुक्त रुपमा उक्त प्रि स्कुलको उद्घाटन गरेका हुन् । प्रि–स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक एस के राठौंरले यस स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिने बताए ।
भारतको उत्कृष्ट प्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट वालवालिकाको समग्र विकासका लागि ठुलो योगदान पु¥याउँदै आएको छ । नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि यो स्यानफोर्ट प्रि–स्कुल स्थापना गरिएको हो । यस स्कुलले प्रारम्भीक वर्षमा सिकाइमा आउने ‘ग्याप’लाई पुरा गरेको छ । स्यानफोर्र्ट प्रि–स्कुलका धेरै विशेषताहरु रहेका छन् । यस स्कुलका कक्षा कोठाहरु रंगिन क्रियाकलाप केन्द्रीत रहेका छन् । त्यसैगरी स्मार्ट लर्निङ सिस्टम तथा खेलौना सम्बन्धी आधुनिक उपकरणले भरिपुर्ण भएका कारण यस स्कुल वालवालिकाका लागि सपनाको घर जस्तै साबित भएको छ ।
यहाँ पढाइ हुने पाठ्यक्रम समय सुहाउँदो तथा प्रभावकारी छ जसका कारण वालवालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेसमा विकसित भएका पछिल्ला घटनाक्रमलाई सहजरुपमा सिक्न सहज हुनेछ । स्यानफोर्ट स्कुल समुहअन्तर्गत भारत, बंगलादेश र नेपाल सहितका मुलुकमा १५० भन्दा बढी स्कुलहरुको नेटवर्क रहेको छ । यसले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ । हरेक स्कुलका प्रमुख तथा शिक्षकहरुले स्यानफोर्ट मुख्य कार्यालयबाट उच्च स्तरको तालिमप्राप्त गरेका छन् । जसका कारण पनि उनीहरुलाई स्कुलमा पढाइ हुने पाठ्यक्रम कार्यान्वयनमा सहयोग पु¥याएको छ । स्कुलले निकट भविस्यमै अन्य धेरै शाखा सञ्चालन गर्ने योजना बनाएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस