फिल्म ‘कृ’को पोष्टर सार्वजनिक, ‘पद्यावती’सँग अनमोल भिड्ने पक्का

फिल्मी फण्डा । फिल्म कृ आगामी माघ २६ गतेबाट प्रदर्शन हुदैछ । शुरुमा फस्ट लुक देखी अहिले पोष्टर सम्मका प्रचार सामाग्री फिल्मका टिमले सार्वजनिक गरिरहेका छन् । हालै ‘कृ’को ए रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले नायिका अदिती बुढाथोकीलाई पनि पोष्टरमा समावेश गरेको छ ।
यस अगाडि नायक अनमोल केसीको मात्र तस्बिर समावेश गरिएको थियो । यहि शुक्रवार चलचित्रको ट्रेलर सार्वजनिक हुने निर्माण पक्षले जनाएका छन् । अनमोल र अदितीको रोमान्टिक पोष्टरले चलचित्रप्रति झनै उत्सुकता बढाएको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।
सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । माघ २६ गतेबाट नेपालभर यो चलचित्र रिलिज हुनेछ । कान्छि उक्त डेटबाट हटेपनि बलिउडका फिल्म पद्यावती रिलिज हुने भएको छ । यसर्थ फिल्म पद्यावतीसँग अनमोल भिड्ने पक्का भएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस