दिया पुन पन्ध्र लाखमा बेहुला खोज्दै
मिस्टर झोलेको ट्रेलर सार्वजानिक (ट्रेलर सहित)
मिस्टर झोलेको ट्रेलर सार्वजानिक (ट्रेलर सहित)

फिल्मी फण्डा । नेपाली फिल्म मिस्टर झोलेको ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्शनले निर्माण गरेको फिल्म मिस्टर झोलेको काठमाडौंको कमलपोखरी स्थित बिग मुभिजमा ट्रेलर रिलिज गरिएको हो ।
सर्वजनिक ट्रेलरमा कमेडीसँगै लब, रोमान्स र एक्सन पनि देखाउन खोजिएको छ । फिल्म मिस्टर झोलेका निर्देशक राम बाबु गुरुङ हुन् । राम बाबुकै कथा संवाद रहेको फिल्मलाई राम बाबुसँगै टेकेन खड्का र रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।
फिल्ममा दयाहाङ र दियाको अलवा बर्षा राउत, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रविण खतिवडा, विजय बराल, अरुणा कार्की, कमल मणि नेपाल, निरु खड्का, माओत्से गुरुङ लगायतको मूख्य भुमिका रहेको छ । सार्वजनिक गीतमा काली प्रसाद बास्कोटा को संगीत रहेको छ भने कालि प्रासदकै स्वर रहेको छ ।
ट्रेलर :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस