“मिस्टर भर्जिन” घोषणामा नै निर्माताले नायिकालाई ब्यङ्ग्यात्मक ह्यारेस्मेन्ट गरेपछि

फिल्मी फण्डा । फिल्मको नाम पछिल्लो समय फरक फरक किसीमको रहने गरेका छन् । त्यो बिचमा अर्को फिल्म “मिस्टर भर्जिन” निर्माण हुने भएका छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको घोषणा गरिएको छ । रोचक कुरा के हो भने कार्यक्रममै फिल्मका निर्माताले नायिका मरिष्का पोखरेललाई ब्यङ्ग्य गर्दै भर्जिन तोड्न सक्छु समेत भने ।
वल्र्ड वाइड फिल्मस्को ब्यानरमा बन्न लागेको यस फिल्मलाई बिशारद बस्नेतले निर्देशन गर्नेछन् भने बिक्रम स्वांर र दिपक मान सिहंको कोरियाग्रफी रहनेछ । फिल्मलाई लेखन गरेका महेश दवाडी यस फिल्मको सह निर्देशक पनि हुन् । फिल्मलाई खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतले निर्माण गर्न लागेका हुन् भने सन्दिप उप्रती र मनिषा खत्री यस फिल्मका सह निर्माता हुन् ।
फिल्मलाई रामेश्वर कार्कीले खिच्ने भएको छ । कमेडी जनरामा बनिने यस फिल्ममा भोलाराज साप्कोटा, कमलमणी नेपाल, गौरव पहारी, बिजय बराल, रबिन्द्र झा, मरिश्का पोखरेल लगायतका कलाकारहरुको अभिनय रहने छ । भर्जिन पात्रहरुको मनोविज्ञानमा बनिने यस चलचित्रको गीतमा सुरज पन्डित, श्री कृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर र मिस्टर प्रिन्सको संगीत रहनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस