पल र आँचलले गरे २४ घन्टामा रेकर्ड ब्रेक, ‘रुपै मोहनी’ले जित्यो ‘नाइलनको साडिलाई’

फिल्मी फण्डा । हिजो रिलिज भएको फिल्म शत्रुगतेको ‘रुपै मोहनी’ बोलको गीतले रेकर्ड ब्रेक गरेको छ। सामाजिक सञ्जालमा ‘रुपै मोहनी’लाई ८ लाख २० हजार भन्द बढि पटक हेरिएको छ। हिजो २ बजेर ४६ मिनेटमा सार्वजनिक भएको गीतलाई आज २ बजेर ४७ मिनेट सम्म यति धेरै ले हेर्दै रेकर्ड कायम गर्न सफल भएको हो। यस अघि फिल्म छक्का पञ्जा को ‘नाईलनको साडिलाई’ ८ लाख १६ हजार भन्दा बढि पटक हेरिएको थियो। अहिले यसलाई ‘रुपै मिहनी’ले ब्रेक गरेको हो। गीतमा कविराज गहतराजको नृत्य, टंक बुढाथोकीको संगीत र लोकराज अधिकारीको स्वर रहेको छ । मह जोडी निकै समय पछि शत्रुगतेबाट पुन फिल्म निर्माणमा फर्किएका हुन् ।
यसअघि सुपरहिट फिल्म ’जात्रा’ निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले यो फिल्मको निर्देशन गर्दैछन् । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् ।
नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस