अष्ट्रेलियामा माया गाँस्दै प्रदीप र सपना ( भिडीयो )

फिल्मी फण्डा । गायक प्रदीप रानाभाटको शब्द, संगीत र स्वरमा ‘प्रेममा परेछ’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । स्याट प्रे ईन्टरटेन्मेन्टले निर्माण गरेको म्यूजिक भिडीयोमा अष्ट्रेलियामा बसोबास गरिआएको गायक प्रदीप रानाभाट र सपना रानाभाटको अभिनय रहेको छ ।
अष्ट्रेलियाको विभिन्न ठाँउमा खिचिएको गीतमा सुरेन श्रेष्ठको निर्देशन रहेको छ भने उक्त गीतका संगीत संयोजक रिकेश गुरुङ हुन् । टेक बयलकोटीद्वारा छायांकन तथा सम्पादन गरिएको उक्त भिडियोको निर्माता पुनम तथा रायन हुन् ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस