पुष्प र बर्षा गोदावरीमा रोमान्स गर्दै (भिडियो)

फिल्मी फण्डा । नायक तथा मोडल पुष्प खड्का र नायिका तथा मोडल बर्षा शिवाकोटीले गोदावरी पुगेर रोमान्स गरेका छन् । पुष्प र बर्षाको रोमान्स रहेको एक भिडियो हालै सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । ‘नानी ज्यान..’ बोलको गीतमा यी दुईले एक साथ रोमान्स गरेका हुन् ।
राजेश केसी र मेलिना राईको स्वर रहेको गीत ‘नानी ज्यान..’ मा यी दुईले रामोन्स गरेका हुन् । जुन गीतको शब्द तथा राज प्रताप केसी संयोजन गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेको गीतलाई सञ्चारकर्मी श्रीधर पौडेलले निर्देशन गरेका हुन् । पछिल्लो समय भिडियो निर्देशनमा व्यस्त श्रीधरले यो भिडियो पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । सार्वजनि भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस