दाइजो प्रथा: केकी र नाजिरको लब होला त सक्सेस ? (ट्रेलर)

फिल्मी फण्डा । शुक्रबार काठमाडौंको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै मैथिली र नेपाली गरी दुई भाषमा रिलिज हुने फिल्म राज्जा रानीको ट्रेलर सार्वजानिक गरिएको छ । उक्त कार्यक्रममा नाजिर हुसेनको उपस्थिति भने थिएन ।
प्रस्तूत ट्रेलरमा राजनीतिक, लब, रोमान्स र दाइजो प्रथाको बारेमा देख्न सकिन्छ । पौष २१ गतेलाई रिलिज डेट लक गरिएको फिल्मलाई यम थापाले निर्देशन गरेको हो । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, चन्दन दत्तको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।
केकी र नाजिरको अलावा फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ । आर्यन फिल्मस् प्रोडक्सनको प्रस्तुती रहेको फिल्मको निर्माता रमेश एम.के पौडेल हुन् ।
ट्रेलर :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस