सलमानको अर्को रेकर्ड, ‘टाईगर जिन्दा है’ को बुकिङ विश्वभर

फिल्मी फण्डा । बलिउडको बहुप्रतिक्षित फिल्म मध्ये सलमान खानको टाईगर जिन्दा है पनि एक हो । फिल्मको रिलिज मिती नजिकिदै गर्दा बलिउडमै सलमानले अर्को रेकर्ड कायम गरेको छ । फिल्म टाईगर जिन्दा है को स्वाग से स्वागत बोलको गीत सामाजिक सञ्जाल युट्युबमा करिब १०० मिलियन पटक हेरिएको छ ।
यति मात्र हैन फिल्म रिलिज नहुदै सलमानको टाईगर जिन्दा है लाई २०० करोडको मिनिमम ग्यारेन्टि बलिउडका डिष्ट्रब्युटर्सले गरेका छन् । अर्को प्रसंग के छ भने फिल्म टाईगर जिन्दा है को विश्वभर टिकट बुकिङ खुलेको छ । रिलिज अगावै यति दिन अगाडी टिकट बुकिङ खुलेको बलिउडमा टाईगर जिन्दा है पहिलो फिल्म बनेको छ ।
सलमान खान र कटरिना कैफ अभिनित फिल्म टाइगर जिन्दा है ले रिलिज अगावै यी नयाँ रेकर्डहरु कायम गरेको हो । सलमानको फिल्मलाई यी रेकर्डहरु मिलिरहँदा फिल्मले भने कस्तो व्यापार गर्लान् भने सोच निर्माण टिमलाई बढ्न थालेको छ । सलमानको सबैभन्दा धेरै कमाउने फिल्म ‘बजरंगी भाईजान’ हो । जुन फिल्मले ३२० करोड कमाएको थियो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस