• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

यस कारण जुध्दैछ साम्राज्ञी र केकी

  • 2017-12-26 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । राम्रो डेटमा धेरै फिल्म जुधाएर चलाउनु खासै नौलो कुरा होईन । राम्रो डेट पाउने बितिकै प्राय फिल्महरु लगातार रुपमा रिलिजको लागि तछाड मछाड गर्ने गर्छन् । तर अन्तत एकले अर्कोलाई छोड्दै वा कुनै कारण देखाउँदै रिलिज मिती सार्ने पनि गर्छन् ।
    अहिले यस्तै भएको छ, चैत्र २३ गते प्रदर्शन हुने फिल्महरुमा । चैत्र २३ गते अर्थात नयाँ बर्षको छेकोमा केही फिल्महरु एक साथ रिलिज हुने कुराले यतिखेर सिनेबृत तरंगीत छ ।

    तिमी सँग र कोहलपुर एक्सप्रेस एक साथ रिलिज हुने चर्चा चल्न शुरु भएको छ । धेरै पटक रिलिज मिती सार्दै फिल्म तिमी सँगले चैत्र २३ मा फिल्म रिलिज गर्ने निधो गरेको हो । अभिनेत्री केकी अधिकारीको निर्माणमा बनेको फिल्म कोहलपुर एक्सप्रेस अर्को बर्षको बैशाख १४ मा रिलिज गर्ने जानकारी फिल्म घोषणाताका दिईएको हो । तर उक्त मितीबाट अघि सरेर फिल्म कोहलपुर एक्सप्रेस अब चैत्र २३ मै रिलिज गर्ने बताईएको छ ।

    साम्राज्ञी अभिनित तिमी सँग सँग केकी, प्रियंका कार्की र रिचा शर्मा अभिनित कोहलपुर एकसप्रेस लाग्ने बुझिएको छ । नयाँ बर्षको छेकोमा दर्शकको साथ राम्रो पाउने र राम्रो सँग फिल्म चले दोश्रो हप्तामा नयाँ बर्ष पनि पाउने आशाले दुबै फिल्म चैत्र २३ गते रिलिज गर्ने निर्णय गरिएको बुझिएको छ । यसो त चैत्र २९ गते पनि ठूला ब्यानरका तीन फिल्म रिलिज हुने संभावना देखिएको छ ।

    यी दुई फिल्म एक साथ हुने रिलिज हुने भएपछि स्टारडमको प्रतिस्पर्धा पनि हुने देखिएको हो । एकल साम्राज्ञीसँग केकी, प्रियंका र रिचाको स्टारडम प्रतिस्पर्धा हुने भएको छ । यसो त फिल्म तिमी सँगमा नाजिर हुसेनको पनि अभिनय रहेको छ । जे होस् दुबै फिल्मलाई दर्शकले प्रतिक्षाको रुपमा हेरिएको छ । दर्शकले कुन फिल्मलाई बढि रुचाइएला त्यो रिलिज पछि नै थाहा हुनेछ । यसो त पटक पटक रिलिज मिती सारिदै आएको फिल्म तिमी सँगले यो मिती बाट पनि फिल्म नसारिएला भन सकिन्न ।

    फोटो : फिल्म नेपाल र ग्लामर नेपाल अनलाईनबाट


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073