अष्ट्रेलियामा सागर, सुरज र केन्जल गुञ्जने

फिल्मी फण्डा । यहि जनवरी ७ देखी फेब्रुअरी २ सम्म अष्ट्रेलियका विभिन्न शहरमा नेपाल आईडलबाट परिचित तीन अनुहारहरु सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठ गुञ्जने भएका छन् ।
‘वेलकम २०१८’ नाम दिइएको यो सांगीतिक यात्रा मा सहभागी हुन नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलका ३ लोकप्रिय प्रतिस्पर्धी सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठ जान लागेका हुन् । यो कार्यक्रम जनवरी ७ बाट सुरु भई फेब्रुअरी २ मा सकिनेछ ।
इभेन्ट टुरको व्यवस्थापक ‘हो र होइन होला इभेन्ट’का रोशन भट्टराईले जानकारी दिएअनुसार जनवरी ७ मा पर्थ, जनवरी १४ मा ब्रिजबेन, जनवरी १९ मा सिड्नी, जनवरी २० मा क्यानभरा, जनबरी २५ मा मेलबर्न, जनवरी २७ मा तासमानिया र फेब्रुअरी २ मा डारबिनमा यस सांगीतिक यात्राको आयोजना हुने भएको छ ।
कार्यक्रममा सागर, सुरज र केन्जलले बिभिन्न गीतसंगीतहरू प्रस्तुत गर्ने छन् भने स्थानीय कलाकारहरूको पनि बिभिन्न प्रस्तुतिहरू समेटिने आयोजकले जनाएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस