फ्राईडे रिलिज : पर्दामा दुई फिल्म
रियालिस्टिक सोसल ड्रामा राज्जा रानी र कमेडी थ्रिलर फिर्के
रियालिस्टिक सोसल ड्रामा राज्जा रानी र कमेडी थ्रिलर फिर्के

फिल्मी फण्डा । आज शुक्रवारबाट नेपाली दुई फिल्म एकसाथ रिलिज हुदैछ । रियालिस्टिक सोसल ड्रामा भनिएको फिल्म राज्जा रानी र कमेडी थ्रिलर भनिएको फिल्म फिर्के आज शुक्रवार देखी प्रदर्शनमा आएको हो ।
यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्म राज्जा रानी केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया र संगीता नापितको मुख्य भूमिका रहेको छ । बाल बिवाह र दाईजो प्रथा विरुद्धको आवाज फिल्मले बोल्छ । फिल्मलाई रमेश एम के पौडेलले निर्माण गरेका हुन् । फिल्मको राजधानीमा र राजधानी बाहिर प्रिमियर शो गरेको थियो । जसमा नेता लालबाबु पण्डित लगायत धेरैलै फिल्म राम्रो भएको प्रतिक्रिया दिएका थिए । फिल्म नेपाली र मैथली दुई भाषामा रिलिज हुदैछ ।
त्यस्तै ईकु, ईकु ब्याक अगेन नामक फिल्म बनाएका हाँस्य कलाकार सुलेमान शंकरले निर्माण गरेको फिल्म फिर्के कमेडी थ्रिलर फिल्म हो । फिल्ममा ईकुको साथमा रिचा शर्मा, अर्पण थापा, क्रिष्टिना, अर्जुन गुरुङ लगायतको मूख्य भुमिका रहेको छ । फिल्मले फिर्के पात्रको संघर्षलाई प्रस्तुत गरेको छ । रवी डंगोल बेमानले निर्देशन गरेको फिल्मलाई लिएर निर्माण पक्ष उत्साहित छन् । फिल्मका अन्य निर्माता ओमलाल गुरुङ र राजेश श्रेष्ठ हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस