सरकारद्धारा अर्को नियुक्ति, सेन्सर बोर्डमा खड्का

फिल्मी फण्डा । केही कार्यालयहरुमा नियुक्तिका कारण विवादित देउवा सरकारका प्रवक्ता मोहन बस्नेतले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा अर्को नियुक्ति गरेको छ । सेन्सर बोर्डमा संचारकर्मी प्रकाश सुवेदीको कार्यकाल सके लगतै खाली भएको पदमा खलनायक उमेश खड्कााई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त गरिएको हो । खड्का चलचित्रकर्मी हुन् ।
तर यो सरकारले लगातार विभिन्न संस्थान, बोर्ड र विभागहरुमा गरिएको नियुक्ति अब बन्ने नयाँ सरकारले नमान्ने हल्ला चलिरहेको छ । हल्लाकै बिचमा अर्को नियक्ति गरिएको हो । यस अघि चलचित्र विकास बोर्ड लगायतका ठाउँमा मन्त्री मोहन बस्नेतले पेलेर नियुक्ति गरेका थिए । खड्का उनी २ वर्षका लागि सेन्सर बोर्ड सदस्य नियुक्त भएका हुन् । ५ दर्जन बढी चलचित्रमा खलभूमिका निर्वाह गर्दै आएका खड्का पछिल्लो समय चलचित्रमा खासै देखिएका छैनन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस