पुजाको फिल्ममा माग्ने बुढा, खास यस्तो छ रहस्य
दिपक–दिपाको राजनितीले माग्नेको रेट १० लाख
दिपक–दिपाको राजनितीले माग्नेको रेट १० लाख

फिल्मी फण्डा । निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले निर्माण गर्न लागिएको नयाँ फिल्ममा केदार घिमिरे (माग्ने बुढा) हुने निश्चित भएको छ । पुजा शर्माको फिल्ममा केदार घिमिरेको भुमिका अब दर्शकले हेर्न पाउने निश्चित भएको हो । पुजा र माग्ने बुढा मात्र हैन फिल्ममा चर्चित अन्य ३ कलाकार पनि हुने निश्चित भएको छ । सुदर्शन थापा प्रोडक्शनले केही आन्तरिक समस्याका कारण फिल्मको नाम र सबै कलाकारको नाम सार्वजनिक गर्न नसकिएको स्रोत बताउँछ ।
लभस्टोरी फिल्म बनाउन मायुर निर्देशक सुदर्शनको क्याम्पमा केदार घिमिरे (माग्ने बुढा) छिरेपछि केही फिल्मकर्मीमा खैलाबैला शुरु भएको छ । अर्को कुरा माग्ने बुढालाई १० लाख पारश्रमिक दिएपछि झन चर्चा चुलिएको हो । कतिपयले माग्ने बुढालाई १० लाख दिएको कुरा पत्याईरहेका छैनन् भने कतिपय मिडियाले माग्ने बुढाको पारश्रमिक १० कसरी पुग्यो भने कुरा प्रस्तुत गरेका छैनन् । माग्ने बुढाले धेरै फिल्मको अफरहरु फाल्दै आईरहेका थिए । छक्का पञ्जा क्याम्पका कुनै पनि कलाकारले बाहिर क्याम्पको फिल्म खेल्न नपाईने शर्त थियो तर दिपक दिपाले फिल्म शत्रुगतेमा हात हालेपछि त्यो शर्तमा खतपत शुरु भएको स्रोतको दावी छ ।
दिपक दिपाले जस्तै अन्य कलाकारहरुले पनि बाहिरी ब्यानरको फिल्म खेल्न पाउनु पर्ने शर्त अघि सारेपछि एउटा–एउटा फिल्म सबैले खेल्ने सहमति छक्का पञ्जा टिममा आई परेको हो । त्यसपछि ठूलै ब्यानरका फिल्महरु फाल्दै आईरहेका माग्ने बुढाले सुदर्शन थापाको कथा सुनेपछि मन पराएका थिए । कथा मन परेकै कारणले माग्ने बुढाले सुदर्शनको फिल्म खेल्ने बाटो तय भएको थियो । तर पारश्रमिकमा कुरा अड्केको थियो । माग्ने बुढा स्वयमले १० लाख भन्दा धेरै न्युनमा फिल्म खेल्ने वातावरण हुँदाहुदै माग्ने बुढामा चूनौती आईप¥यो, १० लाखमै फिल्म खेल्न । स्रोतका अनुसार छक्का पञ्जा टिमका केहीले तिमी हाम्रो फिल्ममा सुपरस्टार हौं । बाहिरी ब्यानरमा १० लाखमा एउटा मात्र फिल्म खेल्न पाउँछौं नत्र हुदैन भने चूनौती माग्ने बुढालाई दिएपछि माग्ने बुढाले त्यो चूनौती पुरा गर्न १० लाखमा मात्र आफु फिल्म खेल्ने सुदर्शन थापा प्राडेक्शनलाई बताएको फिल्मी फण्डालाई जानकारी छ ।
माग्ने बुढाले बाहिरी ब्यानरको एउटा मात्र फिल्म १० लाखमा खेल्ने निश्चित भएपछि सुर्दशन क्याम्पले केही पैसामा आनाकानी नगर्ने तर राम्रो फिल्म बनाउने संकल्प सहित बाध्यताले माग्ने बुढालाई १० लाख दिनुपर्ने बाध्यता आईपरेको हो । फिल्मी फण्डालाई प्राप्त स्रोतका अनुसार माग्ने बुढाले बाहिरी ब्यानरको फिल्म नगरोस् भनेर १० लाखको चूनौती माग्ने बुढालाई छक्का पञ्जा क्याम्पबाट दिएको हो । अन्तत माग्नेले सुदर्शनको क्याम्पमा १० लाख पारश्रमिक सहित काम गर्ने निश्चित भएको हो । माग्ने बुढाले आफुले पाएको पारश्रमिकबाट १ लाख ५० हजार कर समेत तिर्ने भएका छन् ।
माग्ने बुढालाई १० लाख किन ? भने फिल्मी फण्डाको प्रश्नमा निर्देशक सुदर्शन थापाले अरुले यति र उति लिए भनेर हल्ला मात्र फैलाए, तर त्यसको सजाय आफुले भोगेको बताएका छन् । उनले कलाकारले पाउने पारश्रमिक भन्दा धेरै गुणा रकम मिडियामा प्रस्तुत गर्नाले अहिले भनेकै रकम आफुले तिर्नु परेको बताएका हुन् । जे होस् माग्ने बुढा, माग्ने बुढोसँगै रहने अन्य कलाकार र सुदर्शनको फिल्मका कारण छक्का पञ्जा टिमलाई केही असर पर्ने निश्चित देखिन्छ ।
यो पनि हेर्नुहोस् :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस