• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सञ्चारमन्त्रीले दिए ओलीलाई चूनौती, अहमता की बाध्यता ?

  • 2018-01-08 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । भर्खरै सम्पन्न प्रतिनिधी सभाको चुनाव हारेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बस्नेतले चलचित्र विकास बोर्डमा नियुक्त भएकी अध्यक्ष निकिता पौडेललाई लिएर एमाले अध्यक्ष के पि शर्मा ओलीलाई कटाक्ष गर्दै नयाँ बन्ने सरकारलाई चूनौती दिएका छन् । अल्पमतमा परेको सरकारले नियुक्ती गरेको कर्मचारीहरुको विषयमा एमाले अध्यक्ष ओलीलाई मोहन बस्नेतले चूनौती दिएका हुन् । सोमबार फुर्सदमा फिल्म फिर्के हेर्न आईपुगेका मन्त्री बस्नेतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो नयाँ सरकारलाई चूनौती भएको बताईएको हो ।

    सरकारबाट हट्नै लाग्दाको समयमा नियम मिचेर केही बोर्ड तथा संस्थानहरुमा प्रमूख नियुक्त गर्दा विवादमा तानिएका मोहन बस्नेतले आफुले नियुक्ति गरेको कर्मचारी कोही कसैको सरकारले हटाउन नसक्ने दावी गरेका हुन् । उनले एमाले अध्यक्ष ओलीलाई कटाक्ष गर्दै आफुले नियुक्त गरेका कर्मचारीहरुलाई हटाएर देखाउन चूनौती समेत दिएका हुन् । मोहन बस्नेतले सरकारको वेवास्ता गर्दै दुई बर्षका लागि मात्र कर्मचारी नियुक्त गरेका छन् । सरकारले २ बर्षको लागि मात्रै भनेर कर्मचारी नियुक्त गरेको अहिले सम्म कुनै आधार छैन भनि प्रश्न गर्दा मन्त्री बस्नेतले यस प्रति माफि माग्दै आफुले त्यसलाई थपेर ३ देखी ४ बर्षको लागि बनाउन लागेको पनि बताए ।

    २ बर्षको सेवाका लागि सरकारले कर्मचारी नराख्ने कुरालाई टार्न खोज्दै उनले विभिन्न संस्थान, बोर्ड तथा विभागहरुमा नयाँ निती बनाएर ३ देखी ४ बर्षको लागि नियुक्ती दिने प्रावधान ल्याउन पहल गरिने समेत बताएका हुन् । तर संस्थान, बोर्ड वा कुनै विभागहरुमा सरकारले राजनैतिक भागवण्डाको आधारमा त्यससँग सम्बन्धि दक्ष विज्ञहरुलाई निश्चित समयका लागि मन्त्री परिषद्को निर्णयले नियुक्त गर्दै आईरहेका छन् । पहिलो पटक यसको बेवास्ता गर्दै मन्त्री बस्नेतले मन्त्रालयबाट विज्ञापन आह्वान गरि आफ्नै तरिकाले कर्मचारी नियुक्त गरेका हुन् । तर तिनै मन्त्री बस्नेतले फेरि केन्द्रिय चलचित्र जाँच समिती (सेन्सर बोर्ड) मा गोप्य रुपमा सदस्य नियुक्त गरेका छन् । यसरी मन्त्री बस्नेतले द्धैचरित्र प्रस्तुत गरेका छन् ।

    यो पनि क्लिक गरि पढ्नुहोस् :

    हिन्दी फिल्मका माफियालाई नेपाली फिल्मको साँचो


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073