पललाई ५० प्रहरीले दिए सुरक्षा, दार्जलिङमा देखियो पलको अनौथो फ्यान

फिल्मी फण्डा । दार्जलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपाल बाट अतिथि बनेर पुगेका नायक पल शाह र नायिका आचल शर्मा लाइ फ्यानहरुबाट जोगाउन मुस्किल परेको छ । बिहान म्यारथनको स्टेज पुगे देखी पल नाम लिदै चिच्याइरहेका उनका फ्यानहरु कार्यक्रम सकिए लगतै स्टेज चढेका थिए ।
भिडलाइ थाम्न नसके पछि दार्जलिङ पुलिसका डि एस पी सिद्धार्थ दोर्जी ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्निसपेटर मिलन गुरुङ ले ५० भन्दा बढि प्रहरीको साथमा पललाइ मुस्किलले होटल सम्म पु¥याएका थिए । पल र आँचलका का फ्यानहरुले होटलको गेट नछोडे पछी प्रहरी पुन पललाई सार्वजनिक गर्नु परेको थियो । सुरक्षाका हिसाबले रोकिरहेको प्रहरीलाई पल आफैले फ्यानहरु सँग फोटो खिच्न दिन लाई अनुरोध गरेका थिए ।
उहाँहरुको माया ले नै यहाँ सम्म आइपुगेको भन्दै भिडमा जान तयार भएका थिए । पललाइ दिन भर होटलबाहिर कुर्ने अधिकांश युबती हरु थिए । २ दिन सम्म दार्जलिङमा बसेका पललाई पुर्ण सुरक्षा दिइएको थियो । दार्जलिङ ट्राफिक पुलिसका प्रमुख शेर्पाले भारतिय कलाकार आउँदा भन्दा नेपाली कलाकार पल शाह र आचल शर्मा आउँदा क्रेज धेरै भएकाले सुरक्षा ब्यबस्था मजबुत बनाइएको बताए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस